Added: Mar 28, 2008
From: ananepalnews
Duration: 1:15
यही चैत्र २ गतेदेखि २४ गतेसम्म राजधानीको भृकुटी मण्पमा १२ औं पुष्प व्यापार मेला २०६४ को आयोजना हुने भएको छ । मेलाको आयोजना फ्लो टीकल्चर एसोसियसन नेपालले गर्न लागेको हो । आयोजकद्धारा आज राजधानीमा एक पत्रकार सम्मेलनगरी सो कुराको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोलदै आयोजकले वर्षेनी विभिन्न किसिमका फूलहरुको माग वर्षेनी बढीरहेकोले यसका सौखिनहरुलाई यस्ता मेलाले थप जानकारी उपलब्ध गराउने दावी गरेकाछन् । उक्तमेलामा ४५० भन्दा बढी प्रकारका फूल विरुवा प्रदर्शन तथा विक्रि गरिने भएको छ भने त्यसका लागि ५८ वटा व्यवसायीक तथा ४ वटा सूचनामूलक स्टलहरु रहने भएका छन् । उक्त अवसरमा मौषमी फूल, आलंकारीक वोट विरुवा, कटफ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो विउविजन, औजार उपकरण तथा विषादीको बिक्रि गर्ने आयोजकले जनाएका छन् । ANA २०६४ चैत्र १५
Channel: Entertainment
Tags: ana at breaking com door first from happenings intenet nepal nepal's nepalnews news step television. your
Rating: ( ratings) Views: 18 Comments: 0
कोई शहेरी बाबु | मेला | ग | आव | आ | मूल्य | आउँछ | भने | बोल |